काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी परियोजना लागू गर्दा नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम मात्र भएको बताएका छन् ।
उनले कपिलवस्तुको वाणगङ्गा नगरपालिका जीतपुरमा १२औं कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा एमसीसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गरे ।
अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपंक्तिमा बसेर लड्न समेत तयार रहेको बताए ।
उनले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी ६ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताए । ‘वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-