काठमाडौं । भर्खरै मात्र राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल र भारतीय समकक्षी दौपत्री मुर्मुबीच टेलिफोन सम्वाद भएको छ ।
शुक्रबार साँझ भएको सम्वादमा भारतीय राष्ट्रपति मुर्मुले पौडेललाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी छन् । दुई राष्ट्रपतिबीच द्वीपक्षीय सहयोग र आपसी विश्वासलाई अगाडि बढाउने विषयमा समेत कुराकानी भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-