काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौमसत्ता मुलुकविरुद्ध बोल्न कसैलाई छुट नहुने बताएका छन् ।
अध्यक्ष ओलीले शुक्रबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनको ११ औं महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘सार्वभौम सत्ता सम्पन्न राष्ट्र राख्नुभन्दा विदेशीलाई सुम्पिदियो भने साग सस्तो पाइन्छ, साइकल सस्तो पाइन्छ । किन यो देश राख्ने भन्छ’, उनले यस्तो भनेको सरकारले सुनेको छ कि छैन भन्दै प्रश्न गरे ।
‘यो देशको सन्तान पनि भन्न नसुहाउने देशद्रोही कुरा गरेर मान्छे हिँडिरहेको छ । सरकारले लगाएको कि नलगाएको सरकार सुन्छ कि सुन्दैन ?’, ओलीले प्रश्न गर्दै भने, ‘यहीँ प्रचारको जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति सुव्यवस्था कायम गर्न सरकारले ध्यान देओस्, होइनभने जनताले प्रतिवाद गर्छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-