काठमाडौं । समसामयिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले आइतबार बिहान साढे १० बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले पछिल्लो राजनीतिक विषयलाई केन्द्र मानेर छलफल गर्न बैठक आह्वान गरिएको बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ।
राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले सात दलीय गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-