काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारगेडबिना नै बसन्तपुरस्थित कुमारी घरमा दर्शन गर्न पुगेका छन्। सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोड्दै राष्ट्रपति पौडेल शनिबार अपरान्ह पहिलो पटक कुमारी घरमा दर्शन गर्न गएका हुन् ।
राष्ट्रपतिको कारगेटसहितको सुरक्षाका कारण सडकमा सर्वसाधारणले सास्ती व्यहोर्नु परिरहेका बेला नवनिर्वाचित राष्ट्रपति पौडेल कारगेटबिना नै सवार भए। राष्ट्रपतिमा निर्वाचित भएपछि पशुपतिनाथको दर्शन गर्न जाँदा सडक जाम भएपछि उनको आलोचना गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-