काठमाडौं । सत्ता साझेदार १० दलीय गठबन्धनको आज बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले यसबारेमा शनिबारको बैठकमा छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-