काठमाडौं । नेपाल पत्रकार महासंघले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउदै तत्काल फिर्ता लिन माग गरेको छ ।
आज महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै उनको सो अभिव्यक्ति तथ्यहिन भएकाले त्यसको पुष्टि गर्न वा फिर्ता लिन माग गरेका हुन् ।। शनिबार उनले समग्र सञ्चार क्षेत्रलाई नै आक्षेप गराउने आधारहिन, तथ्यहिन र अशोभनीय कुरा सभामुख घिमिरेले गरेकाले महासंघले त्यसको विरोध गर्नु परेको बताए ।
सभामुख जस्तो पदमा रहेर प्रेस स्वतन्त्रताको भावना विपरित अत्यन्तै अशोभनीय ढंगले पत्रकारहरुमाथि आक्षेप लगाउनु अशोभनीय र अमर्यादित काम भएको उनको तर्क थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-