काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । ।
उनले आज माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०र१३२ केभी नयाँ खिम्ती सबस्टेसनको ‘समुद्घाटन तथा प्रशंसापत्र वितरण समारोह’ लाई आज दोलखाको गोगरमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले बूढीगण्डकी र पश्चिम सेती जलाशययुक्त आयोजनाको नामै लिएर ती आयोजना अगाडि बढाउने उल्लेख गरे । एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलायशुक्त आयोजनालाई मूर्त रुप दिन तयारीमा सरकार लागिपरेको समेत उल्लेख गरे ।
यस्तै, ७५० क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको कामसमेत प्रभावकारी हुन नसकिरहेको बेला प्रधानमन्त्रीले नै ती आयोजना अगाडि बढाउने बताएका हुन् । ऊर्जा सुरक्षाका लागि ती आयोजना महत्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-