काठमाडौं । नयाँ समीकरण बनेसँगै पाँच दलीय गठबन्धनले आज दिउँसो न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्दै सबै प्रकारका भ्रष्टाचारको फाइल खोल्ने कुरा पाँच दलीय गठबन्धनको साझा कार्यक्रम भएको बताए । उनले दोषी कसैलाई पनि नछाड्ने बताए ।
‘निराशा चिर्दै आशा जगाउँदै’ भनेर सुरू गरिएको प्रस्तावनामा समाजमा प्रकट नैराश्यता आक्रोश र नकारात्मक सोचमा परिवर्तन गरी सबै संघर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वका उपलब्धि रक्षा गर्ने उल्लेख छ ।
संविधानको मर्म र भावनाविपरीत राज्यसञ्चालनमा प्रकट विचलन रोकी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विद्यमान आर्थिक शिथिलता, दण्डहिनता एवम् व्यावसायिक निराशालाई चिर्दै जनतामा राज्यप्रति आशा र भरोसा पैदा गर्ने उल्लेख गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-