काठमाडौं । भारतका लागि नेपाली राजदूतमा डा. शंकरप्रसाद शर्मा नियुक्त भएका छन् ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा शर्मालाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शर्मालाई मन्त्रिपरिषद्ले ३ महिनाअघि नै भारतका लागि राजदूतमा सिफारिस गरेपनि यसैसाता मात्रै उनको एग्रीमो आएको थियो । उनी यसअघि संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत रहेका थिए ।
अर्थतन्त्रमा विशेष दखल राख्ने उनी कूटनीतिक क्षेत्रमा नाम कमाएका ब्यक्ति मानिन्छन् । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूतमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-