काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गृहमन्त्रीलाई जोगाउन प्रधानमन्त्री प्रचण्ड नै लागिपरेको आरोप लगाएका छन् ।
उनले बुधबार स्व. गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसको अवसरमा जीपी कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीको भवन शिलान्यास कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
द्वन्द्वकालीन घटनाका पीडितलाई नजरअन्दाज गर्न नसकिने भन्दै कोइरालाले अन्तर्राष्ट्रिय समुदायबाट यसबारेमा उठाइएका सवाल सुन्न माओवादी तयार छ कि छैन भन्ने प्रश्न गरे । कांग्रेसलाई दोष दिएर माओवादीले नयाँ गठबन्धन बनाएको तर्क गर्दै उनले वर्तमान सरकारमा विवादित व्यक्तिहरूले पनि ठाउँ पाएको जिकिर गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-