काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाली समाजको रुपान्तरणका लागि संवैधानिक आयोगहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । उनले आज मधेशी आयोगको पाँचौं वार्षिकोत्सव कार्यक्रममा यस्तो बताएका हुन् ।
उपराष्ट्रपति यादवले मधेशी समुदायका लागि आयोगले सचेतना र सशक्तिकरणका कार्यक्रमसँगै मधेशी समुदायको हकहित संरक्षण गर्दै मधेश र मधेशीको इतिहास तथा मधेश जनविद्रोहका उपलब्धिहरुलाई दस्तावेजीकरण र मधेशीको अधिकारको पृष्ठपोषण गर्नमा क्रियाशील हुनुपर्ने बताए ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-