काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्छ बताएका छन् ।
महामन्त्री थापाले मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए।
महामन्त्री थापाले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरूलाई आग्रहसमेत गरे।
प्रतिक्रिया लेख्नुहोस्:-