दूरबिन संवाददाता । सानफ्रानसिस्को ।
करिव ४ करोड जनसंख्या भएको क्यालिफोर्नियाका ५८ काउन्टीमा अहिलेसम्म शङ्कास्पद २५ हजार मानिसमा कोरोनाभाइसरको परिक्षण भएको छ । जसमध्ये १३ हजार जनाको नतिजा सार्वजनिक हुँदा क्यालिफोर्नियामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ र संक्रमित हुनेको संख्या १५४६ पुगेको छ । बाकी १२ हजार परिक्षणको नतिजा आउन बाकी रहेको छ । क्यालिफोर्नियाको ३५ वटा काउन्टीमा कोरोनाको संक्रमण फैलिसकेको छ । यसै मध्येका १० वटा काउन्टीमा २८ जनाले ज्यान गुमाएका छन् ।
पुरा बिबरण चाटमा रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-