काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कचौरा बोकेर यता र उता नगर्न सम्झएका छन् ।
उपसभापति गुरुङले सोमबार स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा काठमाडौं माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै कचौरा बोकेर कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट त कहिले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुग्ने गरेको भन्दै प्रचण्डलाई भिकारीसँग तुलना गरेका हुन्।
‘बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गर्नुभएको थियो भने उता अर्कोतर्फ पुष्पकमल दाहालजीले हस्ताक्षर गर्नुभएको थियो,’ उनले भने,‘त्यहीँ हस्ताक्षर गर्ने गिरिजाले पार्टी हारेपनि देश हार्न हुन्न भन्नुहुन्थ्यो। तर, तपाईं (प्रचण्ड)लाई देखेर विचरा भन्न मन लाग्यो। उहाँ देश हारेपनि हारोस् तर आफू हार्न हुन्न भनेर कहिले कचौरा लिएर बालकोट पुग्नु हुन्छ कहिले बालुवाटार ?’
प्रतिक्रिया लेख्नुहोस्:-