काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका लागि आगामी निर्वाचन ब्याटल भएको बताएका छन्।
उनले पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पार्टीका केन्द्रीय आयोगहरुको अन्तरक्रियात्मक संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव फरक प्रकारको ब्याटल भएको बताएका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले संगठन व्यवस्थित नगर्दा र अलि निष्क्रिय हुँदा प्रतिक्रियावादीहरुले कसरी आक्रमण गर्छन् भन्ने संसद विघटनसम्मको घटनाले देखाएको भन्दै अध्यक्ष प्रचण्डले संसद विघटनको घटना संविधान विघटन र परिवर्तनकारी शक्तिमाथिको आक्रमण भएको बताए।
आफूहरुले परिवर्तनको रक्षाका लागि अपील गरेको बताउँदै अध्यक्ष प्रचण्डले संविधान, गणतन्त्र, संघीयता र समावेशी समानुपातिक जस्ता उपलब्धिहरुलाई जोगाउन आफूहरुले जित्नैपर्ने बताए। अहिलेको मुख्य काम स्थानीय तहको निर्वाचनमा सकारात्मक परिवर्तन ल्याउन पहल गर्नुपर्ने भन्दै उनले सबैले राजनीतिक र प्राविधिक रुपमा आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्नुपर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-