काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ महामारीले हिमाली देशहरूलाई सबैभन्दा ठूलो आर्थिक मार पारेको बताएका छन् ।
उनले काठमाडौंको चन्द्रागिरीमा बुधबार दिगो पर्वतीय विकासको अन्तर्राष्ट्रिय वर्षको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै पर्वतीय स्रोतहरूको संरक्षण र दिगो उपयोगको महत्त्वबारे जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
‘कोभिड–१९ महामारीले कसैलाई पनि छोडेको छैन । तर, यसले हिमाली देशहरूको अर्थतन्त्रमा ठूलो मार परेको छ, किनकि पर्यटन उद्योग गम्भीर रूपमा अवरुद्ध भएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘गुमेको अर्थतन्त्र पुनःप्राप्तिको लागि अन्तर्राष्ट्रिय समुदायको थप सहयोग र समर्थन आवश्यक छ, रोजगारीका अवसरहरू सिर्जना गर्न र दिगो पूर्वाधारहरूको विकास सुनिश्चित गर्न आवश्यक छ ।’
प्रधानमन्त्री देउवाले दिगो पर्वतीय विकासको अर्न्तर्राष्ट्रिय वर्षका सन्दर्भमा नेपालले पनि यो वर्ष हिमालका सम्भावनालाई उजागर गर्न कार्यक्रम र गतिविधिहरू गर्ने निर्णय गरिसकेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-