काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त बजार अनुगमन गर्न निर्देशन दिएका छन् । उनले बिहीबार सिंहदरबारमा आयोजित जुत्ता–चप्पल व्यवसायी सहभागी कार्यक्रममा प्रधानमन्त्री निर्देशन दिएका हुन् ।
उनले भने, ‘राजस्व छली नियन्त्रणसम्बन्धी सबै व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्छ। बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त काम थाल्नुस्।’
छलफलमा अर्थसचिव तोयम राय, राजस्व सचिव रामप्रसाद घिमिरे, प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डे, आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनाली, राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटा, भन्सार विभागका महानिर्देशक चक्र बुढा, व्यवसायीलगायत सहभागी थिए।
प्रतिक्रिया लेख्नुहोस्:-