काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने हिंसा र विभेद अन्त्य गर्न उच्च ओहोदामा पुगेका महिलाहरूबाटै सहयोग नभएको गुनासो पोखेकी छन् ।
उनले बिहीबार काठमाडौंमा भएको ‘यौनजन्य हिंसासम्बन्धी नीतिगत छलफल’ मा बोल्दै महिलामाथि हुने यौनजन्य लगायत हिंसा अन्त्यका लागि सरकारले छुट्टै संयन्त्र बनाएर काम गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
मन्त्री रेग्मीले भनिन्, ‘हत्या, हिंसा र बलात्कार धेरै भयो, असमान, विभेदपूर्ण कानुनहरू छन्,’ कानुन निर्माणमा सघाउने गरी औपचारिक संयन्त्रको आवश्यकता देखिएको छ, त्यसका लागि मैले भूमिका खेल्छु ।’ उनले महिलाका समस्या समाधानका लागि के कस्तो प्रयास गर्न सकिन्छ भनेर सल्लाह र सुझाव दिन सम्बन्धित संघसंस्थाहरूलाई आग्रह समेत गरिन् ।
मन्त्री रेग्मीले मन्त्रालयलाई सरकारले बजेट नै कम दिने गरेकाले काम गर्न नसकेको भन्दै त्यसका लागि समेत आफूले पहल गरिरहेको बताइन् ।
‘
प्रतिक्रिया लेख्नुहोस्:-