Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकको पर्खाइमा काहँु धरहरा

चैत्र ११, २०७४ १:५१ मा प्रकाशित
पर्यटकको पर्खाइमा काहँु धरहरा

ko{6ssf] kvf{Odf sfxF' w/x/f ko{6sLo gu/L kf]v/f zx/ / k]mjftfn;lxt ;]tfDo 6Nsg] lxdfnsf] Ps ;fy cjnf]sg ug{ ;lsg] :yn sfx'F w/x/f . t:jL/ M xl/ jf:tf]nf, kf]v/f, /f;;

Share on FacebookShare on Twitter

पोखरा, ११ चैत / पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा ।

पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स्थानमा पर्यटकको ओइरो लाग्ने गरे पनि रमणीय स्थल काहँु धरहरा अझै पनि पर्यटकको पर्खाइमा रहेको छ । २०२६ सालमा निर्मित काहुँ धरहरा क्षेत्रमा अझै पनि अपेक्षित पर्यटक भित्र्याउन नसकिएको काहुँकोट देउराली तथा धरहरा संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले बताउनुभयो ।

उहाँका अनुसार पोखराको सबैभन्दा नजिक लालीगुँरास फुल्ने यस स्थानमा अवस्थित दुई तल्ले धरहरामा गत वर्ष १२ हजार आन्तरिक तथा बाह्य पर्यटकले टिकट काटेर अवलोकन गरेका थिए । यहाँ विशेषतः शुक्रबार र शनिबार दिउँसोको समयमा बढी पर्यटक आउने गरेका छन् । “पोखरा लेखनाथ महानगरपालिका–२१ मा पर्ने धरहरामा प्रवेशका लागि विद्यार्थी र सर्वसाधारणका लागि रु २० र बाह्य पर्यटकका लागि रु ५० टिकटको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो, “आवश्यक भौतिक पूर्वाधार तयार भएर पनि सम्बन्धित निकायको उचित ध्यान पुग्न नसक्दा काहुँ धरहराले पर्यटकीय विकासमा फड्को मार्न सकेको छैन ।”

समुद्री सतहबाट एक हजार ४४३ मिटरको उचाइमा रहेको काउँकोटमा अवस्थित धरहराबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरि लगायतका हिमशृंखलाका साथै सूर्योेदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न सकिन्छ । पोखराको चापापानीबाट लगभग साढे सात किलो मिटर लम्बाइमा रहेको धरहरासम्म पुग्नका लागि सडक विभागबाट रु १२ करोड ९५ लाखको लागतमा एकतर्फी ढलसहित पक्की मोटर बाटो निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

पांँच दशकअघि निर्माण भएको धरहरा जीर्ण बन्दै गएको हुँदा यसको गुरुयोजना तयार गरी पुनः निर्माण गर्न महानगरमा योजना पेश गरिएको पोखरा–११ का वडा सदस्य मीनबहादुर गुरुङ बताउनुहुन्छ । पाँच तल्ले धरहरा निर्माण गरेर दृश्यावलोकनका लागि दुई वटा दूरदर्शक यन्त्र राखेर आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढाउन सके यस क्षेत्रको समग्र विकासका साथै थप पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने सोचका साथ योजना अगाडि बढाइने उहाँले जानकारी दिनुभयो ।

धारापानी सामुदायिक वन क्षेत्रमा ढकमक्क फुल्ने लालीगुँरासको फूल पर्यटकका लागि थप आकर्षण बनेको उक्त फूल संरक्षणका लागि विभिन्न पहल गरिएको समितिका सदस्य अम्बिका आचार्यले बताउनुभयो । उहाँका अनुसार गत वर्ष सूचनाको व्यवस्था गरी लालीगुराँस टिप्ने चार जनाबाट रु तीन हजार ५०० जरिवानासमेत गरिएको थियो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त पर्यटकीय एवम् धार्मिक क्षेत्रसहित स्थानीय बासिन्दालाई खानेपानीको सुविधा पु¥याउने उद्देश्यका साथ नेपाल सरकार खानेपानी संस्थानको रु १३ करोडको लागतमा बृहत् काहुँ खानेपानी योजना शुरु गरिएको खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष खेमराज आचार्यले जानकारी दिनुभयो । २०६८ सालबाट शुरु गरिएको खानेपानी योजनाअन्तर्गत साबिकको अर्मला, सिल्दजुरे र मौजाको संगमस्थल विजयपुरखोलाबाट २२ किलोमिटर पाइप विस्तार गरेर ल्याइएको पानी पर्यटकीयस्थल काहुँकोटका साथै स्थानीय बासिन्दाका लागि एक घर एक धाराको अभियान सञ्चालन गरिएको छ ।

बाइसे चौविसे राज्यकालमा घले राजाको राज्य रहेको काहुँकोटमा कोट देउराली मन्दिर रहेको र प्रत्येक चैते दशैँमा परापूर्वकालदेखि बोका र राँगाको बलि दिनाका साथै नवरात्रि पाठपूजा गरिनेछ । उक्त स्थानमा धर्मकाया बुद्ध मण्डलासमेत निर्माण गरिने भएको छ । ऐतिहासिक, धार्मिक, एवम् पर्यटकीय महत्व बोकेको सो प्राकृतिक सौन्दर्यले भरिपूर्ण उक्त स्थलका बारेमा प्रचार प्रसार गरी पोखराको थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पर्यटकको एक दिनको बसाइ लम्ब्याउनाका साथ स्थानीय बासिन्दासमेत लाभान्वित हुने यस क्षेत्रसँग सम्बन्धित विज्ञको धारणा रहेको छ । रासस

सम्बन्धित समाचार

Breaking News

अमेरिकामा फेरी अन्धाधुन्ध गोली प्रहार, १० जनाको मृत्यु

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Slider

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.