काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा शनिबार अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पर्सिसम्ममा मन्त्रिपरिषद्लाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
बैठकमा संसद्लाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो । त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएको सचिव पौडेलले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-