काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल र पार्टी सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी लिन प्रस्ताव नगरेका बताएका छन् ।
महामन्त्री थापाले शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को कांग्रेस पार्टी कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा आफ्नो प्राथमिकता सरकारमा जाने भन्दा पनि पार्टीलाई बलियो बनाउने रहेको बताए ।
प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेको बेला कांग्रेस महामन्त्री थापाले आफूलाई अर्थमन्त्रीको प्रस्ताव आइनसकेको बताएका हुन् । उनले यसअघि मन्त्री नबन्ने अभिव्यक्ति दिएका थिए । बुटवलमा आयोजित कार्यक्रममा थापाले मन्त्री बन्नेबारे भने, ‘मलाई प्रधानमन्त्रीले अर्थमन्त्री बन्न भन्नुभएको, सभापतिले बन्न भन्नुभएको हैन । मलाई कसैले केही भनेको छैन । भनेको तर भन्दाभन्दै पनि नमानेको जस्तो सन्देश गएको छ ।’ आफ्नो चर्चा अर्थमन्त्रीका रूपमा भइरहेको बेला आफू मन्त्रिपरिषद्मा सहभागी नहुने थापाले अभिव्यक्ति दिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-