काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्नु नै प्रमुख दायित्व र कर्तव्य हुने बताएका छन्। उनले शनिबार नेपाल बार एसोसिएसनको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले संविधान निर्माण गर्ने प्रक्रियामा समेत रहेर काम गर्ने अवसर प्राप्त भएकाले संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति आफू सचेत रहेको प्रस्ट पारे। उनले भने, ‘संविधानको अक्षर र भावनाको मर्मअनुरूप कानुनका जानकारहरूले काम गर्न सुझाव र सल्लाह दिनुहोला।’
भेटमा बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेलगायत पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-