काठमाडौं। साताको पहिलो कारोबार दिन आज सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २६.८७ अंकले घटेको हो ।
आज कूल २५९ कम्पनीको ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । यसैगरी कारोबारको आधारमा एनआइसि एशिया बैंक भने दोश्रो स्थानमा रहेको छ। यसको आज ७ करोड ९५ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै म्युचुअल फण्ड ४।७७ प्रतिशत र माइक्रोफाइनान्सको ३।८५ प्रतिशतले ओरालो लागेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-