काठमाडौं । नेपालको तीनदिने भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आज स्वदेश फर्केका छन्। उनीसहितको प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी, शिष्टाचार महापाल डा। दुर्गाबहादुर सुवेदीलगायत उच्च अधिकारीले बिदाइ गरेका थिए।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा शुक्रबार वाङ नेपाल आएका थिए। नेपाल भ्रमणका क्रममा वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बेग्लाबेग्लै भेटेका थिए। उनी नेपालमा रहँदा नौवटा विभिन्न विषयमा हस्ताक्षर भएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-