काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू कुनै पनि सहकारी ठगीमा संलग्न नभएको प्रष्टीकरण गरेका छन् ।
मन्त्री लामिछानेले बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै सहकारीको रकम अपचलनमा संलग्नता नरहेको बताएएका हुन् ।
बैठकमा बोल्दै उनले भने, ‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ । अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम पनि छैन । प्रहरीमा जाहेरी छ । सूचनाका रूपमा त्यो दर्ता नभएको कुरा पनि छ ।’
प्रतिक्रिया लेख्नुहोस्:-