Saturday, January 28, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा …

चैत्र १४, २०७४ ७:२४ मा प्रकाशित
सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा …

x]ugn] lvr]sf t:jL/sf] k|bz{gL eQmk'/ gu/kflnsf u5]Fl:yt ;Dkbf ;+/If0fsdL{ /jLGb| k'/Lsf] 6f]gL x]ug xfp;df ;f]daf/b]lv z'? ePsf] k|bz{gLdf /flvPsf l:jh/Nof08sf e"ue{ljb 8f 6f]gL x]ugn] !(%) sf] bzsdf g]kfndf /xFbf lvr]sf l;+xb/af/sf] t:jL/ . tl:j/ M /d]z lu/L, eQmk'/ /f;;

Share on FacebookShare on Twitter

भक्तपुर, १४ चैत/ पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस ।

गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल । नीलो सफा पानी भएको विशाल नःपुखु । ठूलो पीपलको रुख । पोखरीको डिलमा काखीमा शिशु बोकेका महिला, कोही पानी भर्दै, कोही लुगा धुँदै ।

तस्वीरमै सीमित यी दृश्य यतिखेर भक्तपुर नगरपालिका गछेँस्थित संस्कृत संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा देख्न सकिन्छ । सत्तरी वर्षअघिको काठमाडौँ उपत्यका कस्तो थियो होला भनेर उत्सुकता राख्ने तथा विगतको मौलिक बस्ती र सम्पदाका बारेमा जान्न चाहनेहरूका लागि पुरीले अवसर जुटाइदिनुभएको छ ।

डा टोनी हेगनले १९५० का दशकमा कैद गरेका काठमाडाँ उपत्यकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा, पोखरी, गाउँ, नदीनाला, मठमन्दिर र बस्तीका तस्वीर प्रदर्शनी शुरु भएको छ । डा हेगनको जन्मशतवार्षिकीको अवसर पारेर हेगन हाउसमा सोमबार साँझदेखि शुरु भएको एक साता लामो तस्वीर प्रदर्शनीले नयाँ पुस्ताको धेरै जिज्ञासा मेट्न सक्छ ।

डा हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गरेको प्रदर्शनीपछि प्रतिक्रिया दिँदै भन्नुभयो, “म खुशी छु, मेरो पिताले नेपाललाई माया गरेर लिएको तस्वीर नेपालीमाझ प्रदर्शन गर्न पाइएको छ, विगतको सुन्दर नेपालबारे नेपालीहरूलाई जानकारी गराउन पाउँदा खुशी छु । यी तस्वीरहरूले पनि नेपालको इतिहास बोकेको छ ।”

काठमाडाँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्वसम्पदा सूचीमा रहेका दरबार स्क्वायरको करीब ६० देखि ७० वर्षअघि टोनी हेगनले लिएका तस्वीरहरू हेगनकी छोरी केट्रिनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनीमा ल्याउनुभएको हो ।

काठमाडौँ टुँडिखेलको खुला चौर, त्यहाँबाट देखिएका हिमाल र काठमाडाँको बस्ती, धान फल्ने खेतका फाँट र ष्लेष्मान्तक वनका बीचबाट बगेको सफा वाग्मती, कहीँ कतै नछेकिने र टाढैबाट देखिने पशुपतिनाथ मन्दिर, वाग्मती नदीमाथिको पुल, पातलो बस्ती र पुराना परम्परागत घरहरू तस्वीरमा देख्न सकिन्छ ।

आरपी फाउण्डेसनका अध्यक्ष एवं सम्पदा संरक्षणकर्मी पुरीले डा टोनी हेगनले नेपालमा पुर्याएको योगदानको स्मरण गर्दै टोनी हागन हाउस बनाएर उहाँको शतवार्षिकीका अवसरमा तस्वीर प्रदर्शनीमा ल्याइएको बताउनुभयो ।

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले तस्विर हेरेपछि आफ्नो बालापनको याद आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चा बेलामा हामी यही पोखरी, यही हनुमन्तेको पानी पिउँथ्याँ, पौडी खेल्थ्यौँ, सफा पानी बग्थ्यो, अहिले यो नदीमा ढल बग्छ, मन साह्रै दुख्छ, हामी खेल्ने सम्पदाका आँगनहरू अहिले कुरुप भएका छन्, त्यतिबेला टाढैबाट देखिने सम्पदा, मठ मन्दिर, अहिलेको घना बस्तीले छोपेको छ, कुरुप बनाएको छ ।”

प्रदर्शनीमा राखिएका ५० तस्वीरले त्यसबेलाको काठमाडौँ उपत्यकालाई हुबहु उतार्न खोजेका छन् । प्रदर्शनी यही चैत १८ गतेसम्म चल्नेछ । रमेश गिरी /रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित
Slider

स्यानफ्रान्सिस्को कन्सुलर शिविरवाट ६३७ नेपाली लाभान्वित

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत
अमेरिका समाचार

अध्यक्ष बस्नेतलाई न्यूयोर्कमा स्वागत

नेपालका दिपेन्द्र गुरुंग  विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक
Breaking News

नेपालका दिपेन्द्र गुरुंग विश्व सुन्दरी प्रतियोगिताका नयां मालिक

मेरो बाल्यकालको ती दशैंहरु !
आप्रबास मामिला

मेरो बाल्यकालको ती दशैंहरु !

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?
Breaking News

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई दूरवीन नेपालको प्रश्न: तपाई र गगन थापाबीच पावर शेयरिंगको सहमति भएको हो ?

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने नागरिक उन्मुक्ति पार्टीको अडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घन्टा सञ्चालन गर्ने निर्णय

त्रिभुवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु

सुशासन र विकासको पक्षमा काम गर्ने प्रधानमन्त्री दाहालको प्रतिवद्धता

गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

आगामी फागुन २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन गर्नुपर्ने शेखर कोइरालाको धारणा

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.