काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले अब नेपालमा राजसंस्था पुनः स्थापना हुन नसक्ने ठोकुवा गरेका छन् ।
पूर्वमन्त्री समेत रहेका थापाले राप्रपा नेपालले पर्साको वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पछिल्लो १५ वर्षको राजनीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनः स्थापनको सम्भावनालाई समाप्त पारेको बताए ।
राजसंस्थाको पुनः स्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनः स्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रस्ट पारे ।
उनले राजसंस्था पुनः स्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्व राजा र उनको सचिवालयले गरेको चलखेलका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रस्ट पारे ।
राप्रपाको अध्यक्षमा पराजित भएपछि उनले पुनः आफ्नै अध्यक्षतामा राप्रपा नेपाल गठन गरेर संगठन बिस्तारको लागि उनी यतिबेला दे दौडाहमा रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-