काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा अरु सबै दल मिलेर आएपनि एमालेले सबैलाई पराजित गर्ने दावी गरेका छन् ।
उनले सोमबार कपिलवस्तुको तौलिहवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अरु दल एमालेसँग तर्सिएको उल्लेख गर्दै नेपाली कांग्रेसलेसमेत अरुको बैशाखी खोजेको टिप्पणी गरे।
‘नेपाली कांग्रेस एक जमानामा ठूलो जुरो भएको बलियो साँढे गोरु जस्तो थियो। अहिले विचरा यता एउटाको बैशाखी टेकेको छ। उता अर्काको बैशाखी टेकेको छ’ उनले भने, ‘बैशाखी नटेकु न कसैले भन्यो भने अगाडि एमाले हेर न कत्रो छ एमाले भन्छन्। नेपालमा जति छन् सबै मिलेर आए पनि उहाँहरु लड्न सक्नुहुन्न।’
अब नेकपा एमालेले विजय हासिल गर्ने र मुलुकको विकासको लागि एमाले चाहिएको ओलीले बताए। कार्यक्रममा ओलीले प्रतिनिधि सभा सदस्य बृजेशकुमार गुप्ता र प्रदेश सभा सदस्य धर्मलाल श्रीवास्तवलाई पार्टी प्रवेश गराएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-