काठमाडौं । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले गठबन्धन गरेर सबै सिट जित्ने दाबी गरेका छन् । केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा गठबन्धन नहुँदा धेरै जना नेताहरू पराजित भएको स्मरण गराए ।
‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर के गर्ने त ? गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौँ,’ देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘पहिले धेरै साथीहरू हार्नुभएकै हो । जित्नका लागि गठबन्धन नगरे अर्को के उपाय छ ?’ नेता शेखर कोइरालाले गठबन्धन गर्न नहुने भन्दै आफ्नो विचार राखेपछि देउवाले प्रतिक्रिया दिएका हुन् ।
बैठकमा सभापति देउवाले द्वन्द्वकालमा माओवादीले सबैलाई दुःख दिएको भए पनि अहिले ती कुरा सम्झिएर नहुनेमा जोड दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-