काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके आफूले अर्को उथलपुथल पनि गर्न सक्ने बताएका छन् ।
उनले आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै यस्तो बताएका हुन् ।
उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउँदै आएको स्पष्ट गरे ।
प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-