दूरबिन नेपाल, न्युयोर्क
कोरोना भाइरसको अत्यधिक प्रभावित स्थान न्युयोर्कको एक अस्पतालले एचआइभी एड्सको औषधि चलाएर दुई बिरामीलाई निको पारेको दावी गरेको छ भने अन्य दुर्य जना सुधारोन्मुख अवस्थामा रहेको बताइएको छ ।
अस्पतालमा निकै क्रिटीकल अवस्थामा आएका सात जना बिरामीलाई भेन्टीलेटरमा राखिएको थियो । अत्यधिक चापले के गरौं कसो गरौं भएका चिकित्सकले शरिरको प्रतिरोधात्मक क्षमता बढाउन प्रयोग गरिने एचआइभी एड्स र स्तन क्यान्सरको औषधी भेन्टीलेटरका बिरामीलाई चलाएपछि ती मध्ये दुइ जना निको भएका र अन्य दुईजनाको अवस्था सुधारोन्मुख रहेको बताइएको छ । बिरामीलाई लेरोनिलाम्ब नामक औषधि चलाइएको थियो जुन औषधि एचआइभी एड्सका बिरामीलाई खुवाउने गरिन्छ ।
औषधिको निर्माता कम्पनी बायोटेक फर्म साइटोडीनले कोरोना भाइरसका गम्भीर बिरामीलाई सो औषधिले निको हुने दावी गरेको छ । सो औषधि अन्य ७० जनामा पनि परिक्षणको लागि चलाइएको औषधी निर्माता कम्पनी साइटोडायनका प्रमुख डा नादर परहसनले जनाएका छन । सो औषधिलाई पेटमार्फत बिरामीको शरीरभित्र पठाइने चिकित्सकहरुले बताएका छन । कोरोना भाइरसको कुनै तोकिएको उपचार र औषधि नभएकोले धेरैले परिक्षणपनि गरिरहेका छन । यो औषधीपनि धेरैमा परिक्षण गरिने जनाइएको छ । यदि यसले काम गरेमा सरकारी स्वीकृति लिनु पर्नेछ । बिरामीलाई चलाइएको ती औषधी संघीय सरकारले पारित गर्नुपर्ने कानुनी प्रावधान छ ।
डेलीमेल बाट साभार गरिएको
प्रतिक्रिया लेख्नुहोस्:-