काठमाडौं । स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको छ ।
कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा विजयी हुने पनि बताएको छ । स्थानीय तह निर्वाचन केन्द्रित ‘घरघर जाऔं, कांग्रेस जिताऔ’ अभियानले कांग्रेसको विजयको आधारलाई थप व्यापक र मजबुत बनाउँदै लगेको पनि कांग्रेसले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-