काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी र नेकपा एसलाई कम्युनिष्ट भन्ने अधिकार नै नभएको बताएका छन् ।
अध्यक्ष ओलीले बुधबार बुटवलमा मिसन ग्रासरुट अभियानलाई सम्बोधन गर्दै दुवै पार्टीमा रहेका नेताहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएकाले नेताहरु छाडेर इमान्दार कार्यकर्तालाई एमालेतर्फ ल्याउनुपर्ने बताएका हुन् ।
पार्टी फुटाउने, चोइटाउनेको नाम एकीकृत भनेर राखेका छन्, उनीहरु फाटोवादी हुन्, अनि कम्युनिष्टको सरकार ढलाएर कांग्रेसको सरकार बनाउन बिन्ति बिसाउने, पार्टी फुटाएर पूँजीवादीको पुच्छर बनेर कांग्रेससँग गठबन्धन गरेर घाँटी जोड्ने अनि नाम चै समाजवादी राखेर भ्रमित बनाउने रु’, ओलीले भने, ‘यसरी केही इमानदार कार्यकर्ता भ्रममा छन् उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याऔं, उचित जिम्मेवारी दिऔं ।’
माओवादीमा पनि धेरै इमान्दार कार्यकर्ताहरु भ्रममा लागिरहेको ओलीले दावी गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-