Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तीन सन्तान विदेशमै गुमे : दैव पनि हाम्रा लागि कति कठोर भैदियो

चैत्र १६, २०७४ ११:११ मा प्रकाशित
तीन सन्तान विदेशमै गुमे : दैव पनि हाम्रा लागि कति कठोर भैदियो
Share on FacebookShare on Twitter

बेनी, म्याग्दी, १६ चैत / म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ ।

रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ । बूढेसकालको सहारा छिनिएको छ । घरमा आँशुको मूल फुटेजस्तै भएको छ । रुमको बेली गाउँ रोएको छ । सम्पूर्ण बेलीवासी शोकमा छन् ।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका रोका दम्पतीका कान्छो छोरा धर्मलाल रोकाको यही चैत १० गते राति निधन भएको हो । साढे चार वर्षदेखि एक अपार्टमेन्ट कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत २८ वर्षीय धर्मलाल रोकाको मृत्यु भएपछि उनको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार जिपको छत (हुट) मा राखेर गाउँमा ल्याई अन्त्येष्टि गरिएको छ ।

१० वर्ष अघि रोका परिवारका माइला छोरा भक्तबहादुर रोकाको समेत रोजगारीको सिलसिलामै कतारमा मृत्यु भएको थियो । माहिला छोराको मृत्यु भएको १८ महिनापछि फेरि जेठा छोरा तमबहादुर रोकाको मलेशियामा ज्यान गएको थियो । वैदेशिक रोजगारीकै क्रममा तीन छोरा गुमेपछि रोका दम्पती विक्षिप्त छन् भने सिंगो गाउँ नै स्तब्ध बनेको छ ।

आफूहरुको सहारा बनेर बिरामी पर्दा उपचार र घर खर्च जुटाउँदै आएका कान्छो छोरा धर्मलालको समेत विदेशमै मृत्यु भएको खबरले ६५ वर्षीया आमा लिलमती र ६९ वर्षीय बुबा धनबहादुर आफूलाई सम्हाल्न नसक्ने भएका छन् ।

यसरी एक पछि अर्को गर्दै आफ्ना तन्नेरी छोराहरु विदेशी माटोमा गुमाउनु पर्दा ‘डाँडापारीको घाम’ जस्तै भइसककेका वृद्ध रोका दम्पतीले आफ्नो गरिबीलाई धिक्कारेका छन् । छाती पिटीपिटी चिच्याउँदै, रुँदै भन्छन् “हे दैव ! हामीले के अपराध गरेका थियौँ र यस्तो पीडा दिइस् हामीलाई ?”

बिहीबार बिहान उदाएको सूर्यले रुमको बेली गाउँका रोका परिवारमा उज्यालो होइन अँध्यारो ल्याइदियो । अनुहारमा खुशी होइन नयनमा आँशुको वर्षा गराइदियो ।

विहिबार बिहान १०ः४५ बजे जिप आएर घर नजिकैको सडकमा रोकियो । जिपभित्र रोकाका साइँला छोरा थमबहादुर रोका हुनुहुन्थ्यो भने जिपको छतमा कान्छा छोरा धर्मलालको शव राखिएको बाकस थियो ।

धर्मलालको शव भएको बाकस आँगनमा राख्न नपाउँदै बुढ्यौलीले मुजा परिसकेको धनबहादुर र लिलमतीको अनुहारमा आँशुको भेल बग्न थाल्यो । प्यारालाइसिसबाट ग्रस्त धनबहादुरले प्लाष्टिकमा बेरिएको बाकसमा मुड्की बजार्दै डाँको छोडेर रुँदै भन्नुभयो– “छोरा हामीलाई छोडेर त्यो निष्ठुरी कालले तिमीलाई किन लग्यो ? अब हामी कसको सहारामा बाँचौँ ?”

आमा लिलमतीको अवस्था झन् कारुणिक थियो । आफ्नै कोखमा मुड््की बजार्दै, आँखाबाट बलिन्द्रधारा आँशु र डाँको छोड्दै लिलमतीले तीन पटक हे दैव ! भनेपछि मुर्छित हुनुभयो । आफन्तको सहायताले केहीबेरपछि चेतमा आउनुभयो र भन्नुभयो– “हामीले के अपराध गरेका थियौँ भगवान् ? हामीलाई मात्र यस्तो पीडा किन दिइस् ?” आमाको यस्तो विलौना देखेसुनेपछि आँगनभरि जम्मा भएका बेली गाउँका कसैका आँखा पनि ओभाना रहेनन् ।

चैत ११ गते सबैको घरमाझै रोकाको घरमा पनि चैतेदशैँको रमझम थियो । परिवारका साहिला छोरा थमबहादुर केही दिनअघि मलेशियाबाट घर फिरेका थिए । माहोल रमाइलो थियो । यतिकैमा थमबहादुरको मोबाइल बज्यो । मलेशियाबाट ज्वाइँले फोन गरेका रहेछन् ।

“एकदम नराम्रो खबर छ जेठान, पुष्टि भइसकेको छैन,” ज्वाइँको वाक्यले थमबहादुरको मन चसक्क भयो । त्यसपछि लगातार थमबहादुरको मोबाइल बज्न थाल्यो । “केहीबेरमै ज्वाइँले आत्तिएको स्वरमा भाइ धर्मलालको सुतेको अवस्थामै मृत्यु भएको खबर दिनुभयो”, थमबहादुरले आँशु पुछ्दै राससलाई बताउनुभयो । “शवलाई काठमाडौँ पठाउने तयारी भएको भन्ने थाहापछि म काठमाडौँ हिँडेँ ।” थमबहादुरले भन्नुभयो– “भाइको शवको बाकस बोकेर घरमा आउँदा आफूलाई साह्रै अभागी ठानेको छु ।”

बिहीबार कान्छा भाइको शवलाई बाकसमा हालेर ल्याएका थमबहादुरले वृद्ध र रोगी बुबाआमाको चित्कारले आफ्नो मुटु छियाछिया भएको बताउनुभयो । “परिवारको ठूलो सपना थियो, निष्ठुरी दैवले चकनाचुर पारिदियो” रोकाले भन्नुभयोे, “यस्तो अरु कसैले पनि भोग्न नपरोस् ।” अन्त्येष्टिका लागि शवलाई घाट लैजान लाग्दा रोकाको घरमा आँशुको मूल फुटेजस्तो भयो । मलामीले धर्मलालको शव काँधमा राखेर घाटतिर हिँडे ।

अविवाहित धर्मलाल वृद्ध बुबाआमासँगै बस्थे । आउने दशैँमा बिहे गर्ने उनको योजना थियो । गत शनिबार भाइसँग फोनमा दुई घण्टा कुराकानी भएको कान्छी दिदी शशिकला घर्ती मगरले बताउनुभयो । पाँच दिनअघि “दिदी म दशैँमा घर आउँछु अनि विवाह गर्ने हो” भनेको भाइको शव बाकसभित्र बन्द अवस्थामा आयो,” शशिकलाले आँशु पुछ्दै भन्नुभयो “दैव पनि हाम्रो लागि कति कठोर भैदियो ।” त्यो दिन उनले जेठी दिदी पेविसरा पुनसँग पनि डेढ घण्टा कुराकानी भएको दिदी पेविसराले बताउनुभयो ।

तीनवटा छोरालाई विदेशमा गुमाएका धनबहादुर रोका आफ्नो पीडा लुकाएर श्रीमतीलाई सम्हाल्न सक्ने अवस्थामा हुनुहुन्न । धनबहादुरलाई मासिक रु दुई हजारको औषधि खानुपर्छ भने लिलमतीलाई पनि औषधि नखाई हुँदैन ।

घरको अवस्था

दुई छोराको विदेशमा नै मृत्यु भएपछि धनबहादुरको परिवार कान्छा छोरा धर्मलालको कमाइले नै धानिएको थियो । दुई बुहारी र साहिला छोरा थमबहादुर छुट्टा भिन्न भई अलगअलग बस्दै आएका छन् । घरको अवस्था अत्यन्तै दयनीय छ । प्यारालाइसिसको समस्याबाट पीडित घरमूली धनबहादुरले नियमित औषधि खाँदै आउनुभएको छ, नौ वर्षदेखि हातखुट्टा झम्झमाउने समस्या देखिएपछि औषधि उपचार गरी सामान्य हिँडडुल मात्रै गर्न सक्ने उहाँका आफन्त किस्मत रोकाले बताउनुभयो ।

रोका परिवारको आर्थिक सहयोगका लागि स्थानीयले मनकारी व्यक्तिसँग सहयोगको आग्रह गरेका छन् । बिहीबार किरियाखर्चका लागि विभिन्न व्यक्तिले रु ३० हजार सहयोग गरेका छन् ।रासस

सम्बन्धित समाचार

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण
ट्रेन्डिंग न्यूज्

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ
ट्रेन्डिंग न्यूज्

मधेस प्रदेशमा ६ मन्त्री लिए शपथ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह
ट्रेन्डिंग न्यूज्

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् प्रमुख एजेण्डा
ट्रेन्डिंग न्यूज्

कांग्रेस संसदीय दलको बैठक बस्दै

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन
ट्रेन्डिंग न्यूज्

पशुपति क्षेत्र सफा राख्न मन्त्री किरातीको निर्देशन

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट
ट्रेन्डिंग न्यूज्

कांग्रेस सभापति देउवासँग अमेरिकी उपविदेशमन्त्री न्युल्याण्डको भेट

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.