काठमाडौं । नेपाल प्रहरीमा डिआजीबाट अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा भएका तीन जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेकै दिन प्रहरी प्रधान कार्यालयमा उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। यसरी बढुवा हुनेहरुमा वसन्त कुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक रहेका छन् । उनीहरुले बिहीबारै अपरान्ह प्रहरी प्रधान कार्यालयमा एआईजीको दर्ज्यानी चिन्ह लगाएका हुन्। यता बढुवाविरुद्ध असन्तुष्ट तीन डीआईजीले बिहीबारै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्चले रिटमाथि सुनुवाइ गर्नु पहिले नै प्रहरी महानिरीक्षकले शैलेश थापाले चलाखी अपनाउँदै उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिए।मन्त्रिपरिषद्को निर्णय भएको केही घण्टामै सर्वोच्चले छेक्ने डरले उनीहरुलाई दर्ज्यानी चिन्ह दिइएको हो।
प्रतिक्रिया लेख्नुहोस्:-