काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जाँदैछन् । उनी भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिन भ्रमणमा भारत जान लागेका हुन् ।
यस उच्चस्तरीय भ्रमणमा चार मन्त्रीसमेत सहभागी हुँदैछन् । भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा रहने भएका हुन्।साथै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनेछन्।
प्रधानमन्त्रीको यो टोली शुक्रबार भारतीय समय अनुशार दिउँसो २ :५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाटै सिँधै दिल्लीस्थित होटल मौर्यमा जाने कार्यक्रम छ । त्यही होटलमा नै अपराह्न ४ः३० बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरले शिष्टाचार भेट गर्ने तय भएको छ ।
शनिबार बिहान १०ः४० मा प्रधानमन्त्री देउवाले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ११ः १० बजे हैदरावाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ भने मध्याह्न १२ः १५ बजे नेपाल र भारतबीच सम्झौतापत्रहरूमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यसपछि देउवा र मोदीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
अपराह्न १६ः३० बजे प्रधानमन्त्री देउवाले भारतीय उपराष्ट्रपति नायडुसँग मौलाना आजाद रोडस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट गर्ने तालिका छ । प्रधानमन्त्री देउवाको टोली आइतबार
बिहान ९ बजे वाराणसी गएर त्यहाँ आयोजना गरिने कार्यक्रममा सहभागी हुनेछ । त्यसपछि अपराह्न ४ः०० बजे वाराणसीबाट नयाँ दिल्ली फर्किर्ने र अपराह्न ४ः१५ बजे स्वदेश फर्कने भ्रमण तालिका छ ।
प्रतिक्रिया लेख्नुहोस्:-