काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। उनले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेको २७, मओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको १ गरी ५६ मत प्राप्त गरेर विश्वासको मत लिन सफिल भएका हुन् ।
जम्मा १०८ जना सांसद उपिस्थत रहेको प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलले ५६ मत पाए।
विपक्षमा ३७ मत खसेको छ भने १५ जना तटस्थ बसेका छन्। बागमती प्रदेश सभामा ११० सांसद छन्। विपक्षमा नेपाली कांग्रेसको ३७ मत परेको हो भने राप्रपाका १२ र नेमकिपाका ३ गरी १५ सांसद तटस्थ बसेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-