Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक

चैत्र १९, २०७४ १:३४ मा प्रकाशित
‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ सार्वजनिक

u[xdGqL /fdaxfb'/ yfkf…afbnÚ u[xdGqfnodf ;f]daf/ *@ a'Fb] … u[x k|zf;g ;'wf/ sfo{of]hgf @)&$Ú ;fj{hlgs ug'{x'Fb} . tl:a/ M ls/0f e§/fO{, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, १९ चैत / गृहमन्त्री रामबहादुर थापाले ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना २०७४’ आज यहाँ सार्वजनिक गर्नुभएको छ ।

‘राष्ट्रिय एकता र जनसेवाका लागि गृह प्रशासन, विकास र समृृद्धिका लागि शान्ति सुरक्षा र सुशासन’ भन्ने मुख्य नारा रहेको कार्ययोजनामा गृह मन्त्रालय र सोअन्तर्गतका निकायको समयसीमा तोकेर गर्ने सुधारका कामको खाका प्रस्तुत गरिएको छ । कार्ययोजनामा नीतिगत र कानूनी तथा संगठनात्मक सुधार, जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्थाको प्रभावकारिता, सूचना प्रविधिमा आधारित गृह प्रशासन, अध्यागमन र सीमा प्रशासनको सुदृढीकरण, विपद् जोखिम न्यूनीकरणमा क्षमता अभिवृद्धि, सेवा प्रवाह तथा सुशासन, अनुशासन र सदाचारिता प्रवद्र्धनलाई लक्ष्य गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको विभिन्न ऐन तीन महिनादेखि एक वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने, राष्ट्रिय सुरक्षा नीतिले मार्गदर्शन गरेअनुरुप आन्तरिक सुरक्षा नीति चालु आव २०७४÷७५ भित्रै सम्पन्न गरिसक्ने र विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीको सम्बन्धमा स्पष्ट नीति तयार पारिने कार्ययोजनामा उल्लेख छ । यसैगरी सुरक्षा निकायको संयुक्त परिचालनसम्बन्धी कार्यविधि तयार पार्ने, विभूषण वितरणको मापदण्ड तयार पार्ने, अध्यागमन नीति र विदेशी नागरिक अनुगमनसम्बन्धी निर्देशिका तयार गरी कार्यान्वयन गर्ने, अपराधविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न निर्देशिका तर्जुमा गरी लागू गर्ने, औद्योगिक सुरक्षा सेवा उपलब्ध गराउन नीति परिमार्जन गर्ने, राजमार्गमा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि तयार गरी लागुगर्ने, निजामती र प्रहरी प्रशासनको सरुवा– बढुवा– काज तथा पदस्थापना मापदण्ड तर्जुमा गरी लागू गर्ने र आर्थिक सहायता वितरणलाई पारदर्शी बनाउन मापदण्ड तर्जुमा गरिने रहेको छ ।

यसैगरी सीमा प्रशासन र एकीकृत सेवा केन्द्रलाई इलाका प्रशासन कार्यालयको समग्र जिम्मेवारी दिने, नेपाल प्रहरी र प्रदेश प्रहरीको संगठनात्मक संरचना तयार पार्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रहरी एकाइ रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने विषयलाई कार्ययोजनाले जोड दिएको छ । पुरस्कार र दण्डको नीति कार्यान्वयनको नियमित अनुगमनका गर्न मन्त्रालयमा संयन्त्र निर्माण गर्ने, कार्यसम्पादन करार गराई विभागीय प्रमुख र प्रमुख जिल्ला अधिकारी खटाइने कार्ययोजनामा उल्लेख छ ।

शान्ति र सुव्यवस्था कायम गरिने
कार्ययोजना सार्वजनिक गर्दै गृहमन्त्री थापाले देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न कार्ययोजनाले मद्दत गर्ने विश्वास व्यक्त गर्दै गृह मन्त्रालय र सोअन्तर्गत निकायले अबका दिनमा यो कार्ययोजनामार्फत काम गर्ने र त्यसको नियमित अनुगमन गरिनेस्पष्ट पार्नुभयो । उहाँले व्यंग्यात्मक शैलीमा भन्नुभयो, “पहिले आफ्नो टाउकामा आफैँ आगो लगाउनुहोस्, त्यो मुढा भए बलेर खरानी बन्छ, सुन भए झन् चम्किलो बन्छ, त्यसैलै पहिले आफू सुन हो कि मुढा हो पत्ता लगाउनुहोस् ।”

उहाँले तस्कर, माफिया र दलालले देश बर्बाद पारेका छन् भन्दै तिनलाई अब ठेगान लगाइने चेतावनी दिनुभयो । गुण्डागर्दी र अपराधमा संलग्नलाई संरक्षण गर्न केही नेता, प्रहरी र कर्मचारीकै हात रहेको छ भन्दै अब त्यो स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

कारागारमा रहेका बन्दी, प्रहरी र जेलरको संरक्षणमा मस्ती गर्ने गरेकाहरुबारे आफूलाई जानकारी आएको भन्दै तिनलाई समेत कारबाहीको दायरामा ल्याइने गृहमन्त्रीको भनाइ छ । उहाँले त्यसलाई ध्यानमा राखी आफूले जेलरदेखि नाइके र भाइनाइकेसम्मको नियमित सरुवा शुरु गर्न निर्देशन दिइएको बताउनुभयो । मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति दिन, दलाल, तस्कर र भ्रष्टचारको अन्त्य गर्न आमूल परिवर्तनको आवश्यकता रहेको बताउँदै उहाँले भन्नुभयो, “सुनारको एक चोट जस्तो होइन लोहारको एक चोट जसरी विकृतिविरुद्ध हान्न आवश्यक छ ।”रासस

सम्बन्धित समाचार

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने
आप्रबास मामिला

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड हुने

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार
Slider

नेजा-एनआरएनए अमेरिका प्रेसिडेन्सियल बहस आइतबार

हाम्रो टीमले सबै  गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली
Breaking News

हाम्रो टीमले सबै गैरआवासी नेपालीको प्रतिनिधित्व गर्छ: पराजुली

Breaking News

डा नारायण खड्का: सरांगकोटदेखि अमेरिकी गृहमन्त्रालयसम्म

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न
Slider

ड्यालसमा नेजाको अन्तरकृया सम्पन्न

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ
Breaking News

ट्याक्स फायल गर्नु अगाडि आइआरए (IRA) के हो बुझौँ

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result