काठमाडौं । आजबाट ब्यावसायीले पेट्रोलियम पदार्थको कारोबार बन्द गरेपछि यसबारेमा कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले चासो लिएका छन् ।
आपूर्तिसचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिबार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् । मन्त्री खाँणले अत्यावश्यक वस्तुमा यसरी बन्द गर्न नमिल्ने बताउँदै जिम्मेवार हुन आग्रहसमेत गरे ।
नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक गोइतले व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंको सहयोगमा अनुगमन गरेको जानकारी दिए ।
ूमन्त्रीज्यूबाट पेट्रोलियम पदार्थ बिक्री–वितरण भए नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा उपत्यकाका पम्पहरूमा अनुगमन गर्न निर्देशन भएको थियो, कार्यवाहक महानिर्देशक गोइतले भने, ‘हामीले उहाँको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरेका छौँ । केहीले बेचेको, केहीले नबेचेको पायौँ । भोलि थानकोटको डिपो खुला हुन्छ । त्यहाँ गएर ल्याएर बेच्न भनेर कागज गराएर आएका छौँ । ‘
प्रतिक्रिया लेख्नुहोस्:-