Saturday, February 4, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

चैत्र २०, २०७४ ११:११ मा प्रकाशित
छिमेकीलाई विकासमा साझेदार बनाउन भारत भ्रमण : प्रधानमन्त्री

k|ltlglw;efsf] d+unaf/sf] a}7s k|wfgdGqL s]kL zdf{ cf]nL k|ltlglw;efsf] d+unaf/sf] a}7sdf af]Ng'x'Fb} . t:jL/ M gjLg kf}8]n, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, २० चैत / प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित, सुदृढ र विश्वासयुक्त बनाई नेपालको विकास र समृद्धिमा उनीहरुलाई साझेदार बनाउने क्रममा आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो आसन्न भारत भ्रमणबारे सार्वजनिक महत्वको वक्तव्य दिँदै उहाँले भारतका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत २३ गतेदेखि आफू तीनदिने भ्रमणमा जान लागेको जानकारी दिनुभएको हो । प्रधानमन्त्री ओलीले यही चैत २३ देखि २५ गतेसम्म मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।

मुलुकको समृद्धिका लागि छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध, भरपर्दाे, मैत्रीपूर्ण, समानता, पारस्परिक लाभ र विश्वासयुक्त वातावरणका आधार विकास गर्ने तथा छिमेकीलाई विकासका साझेदार बनाउने सरकारको अभीष्ट रहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले शंकारहित र भरपर्दाे मित्रता कायम गर्ने सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “छिमेकसँगको मित्रतापूर्ण सम्बन्ध, अहस्तक्षेपकारी नीति, संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको पञ्चशीलको आधार र राष्ट्रहित एवं न्यायपूर्ण सम्बन्ध हाम्रो छिमेक सम्बन्धको प्रस्थानबिन्दु हो । देशको शिर झुक्ने कुनै काम गरिनेछैन । शिर उठाउने काम मात्र गरिनेछ ।”

भारतसँग पुरानो र घनिष्ट सम्बन्ध रहेको र कसैप्रति अर्घेल्याईं नगरी आफ्ना हितलाई राख्नुपर्ने उल्लेख गर्दै उहाँले दुई देशबीच सन् १९५० को सन्धिलगायत विषयमा पुनरवलोकन गर्न प्रबुद्ध व्यक्तिहरुको समूहले समीक्षा गरिरहेको बताउनुभयो । अब दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । आफ्नो आसन्न भ्रमणलाई देश र जनताको अधिकतम हितमा कसरी उपलब्धिपूर्ण बनाउन सकिन्छ र आपसी सम्बन्ध थप मजबुत कसरी बनाउन सकिन्छ भन्ने विषयमा आफ्नो प्रयास हुने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो भारत भ्रमणमा धेरै सम्झौता नभई सम्बन्धलाई मजबुत बनाउनमा मात्रै केन्द्रित रहेको जनाउँदै भन्नुभयो, “दुई देशबीच आपसी सम्झौताभन्दा पनि भइसकेका सम्झौताको प्रभावकारी कार्यान्वयनमा ठोस प्रगतितर्फ मेरो ध्यान रहनेछ ।”

प्रधानमन्त्री ओलीले नेपालको कृषिमा आधुनिकीकरण, ऊर्जा उत्पादन र व्यापार वृद्धि, अशोभनीय व्यापार घाटा न्यूनीकरण, लगानीको आकर्षण, निर्यात वृद्धि, पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयन, कनेक्टिभिटीमा विस्तार, एकीकृत चेकपोष्ट, पारस्परिक हित अभिवृद्धि, हुलाकी राजमार्ग जस्ता विषयमा दुवैतर्फबाट सहजीकरण गर्ने र भूकम्पपछि भारतले गरेको प्रतिबद्धता र जिम्मेवारीलाई तीव्रता दिन गम्भीर कुराकानी हुने बताउनुभयो । उहाँले नेपालका लागि भारतबाट सहुलितपूर्ण ऋण, नेपालको थप हवाईमार्ग र पारवहन थप सहज बनाउन, सीमा क्षेत्रको पूर्वाधार निर्माण, नेपालीहरुलाई सटही सुविधामा परेको नोक्सानी, क्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन र बिमस्टेकजस्ता अन्य क्षेत्रीय सम्मेलनलाई सञ्चालन गर्ने विषयमा भारतीय समकक्षीसँग कुरा हुने बताउनुभयो ।

भारत र पाकिस्तानबीचको तनावका कारण सार्क शिखर सम्मेलन हुन सकेको छैन ।

उहाँले आतंकवाद र मानव तस्करी नियन्त्रणलगायत साझा र भारतीय पक्षको जायज चासोका विषयमा नेपालले ध्यान दिने उल्लेख गर्दै भारतमा हुने उच्चस्तरीय भेटवार्तामा यी विषयमाथि छलफल हुने स्पष्ट गर्नुभयो ।

नयाँ संविधान अनुकूल सबै तहका निर्वाचन भइसकेको र देशले निर्दिष्ट गन्तव्यको सुस्पष्ट मार्ग लिइसकेको सन्दर्भमा नयाँ संकल्पका साथ समृद्धिको उचाइका लागि लाग्नुपर्नुमा उहाँले जोड दिनुभयो । उहाँले लोकतान्त्रिक आन्दोलन हुँदै विधिबाट निर्वाचित सुदृढ सरकारले आपराधिक र अराजकपूर्ण व्यवहारमा नियन्त्रण गरी मुलुकभित्रका सबै समस्याको शान्तिपूर्ण रुपमा समाधान गर्ने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस्ता अपराध, तस्करी र अराजकपूर्ण व्यवहार सहँदैन, नियन्त्रण गर्न चाहन्छ, म जनतालाई आश्वस्त पार्न चाहन्छु ।”

प्रधानमन्त्री ओलीले हाल जनता सार्वभौम भएको अवस्थामा सार्वभौमसत्ताको सही प्रयोग गर्न उपलब्धिको रक्षा गर्दै लोकतन्त्रको प्रभावकारी कार्यान्वयन तथा राष्ट्रिय हितको प्रभावकारी संरक्षण गर्दै सबैलाई समान रुपमा अधिकार र अवसर दिन कटिबद्ध रहेको बताउनुभयो । सुदृढ सामाजिक सद्भावका साथ शान्ति, स्थिरतालाई मजबुत गर्दै सम्पूर्ण ध्यान विकासमा केन्द्रित गर्नुपर्ने र त्यसका लागि भ्रष्टाचारप्रति असहिष्णु हुँदै सुशासन दिन अत्यावश्यक भएको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा त्यहाँका उद्योगी तथा व्यवसायीसँग छलफल, त्यहाँ रहेका नेपाली समुदायसँगको भेटघाट गर्नाका साथै उत्तराखण्डको कृषि तथा प्रविधि विश्वविद्यालयको अवलोकनसमेत गर्नुहुनेछ ।

श्वेतपत्र यथार्थपत्र

बैठकको विशेष समयमा केही सांसदहरुले अर्थमन्त्रालयको श्वेतपत्र अतिरञ्जनापूर्ण भएको टिप्पणी गरेकाप्रति जवाफ दिँदै प्रधानमन्त्री ओलीले श्वेतपत्र निराशापत्र नभई यथार्थपत्र भएको दाबी पनि गर्नुभयो । उहाँले आगामी दिनमा स्रोत साधनको भरपूर उपयोग गरी अर्थतन्त्रलाई त्यस प्रकारको नाजुक अवस्थामा पु¥याउन नदिने विश्वास व्यक्त गर्नुभयो । सरकारको लोकतन्त्र, समृद्धि र सुशासनको प्रतिबद्धता र व्यवहारमाथि खबरदारी गर्न विपक्षीलाई उहाँले आग्रह गर्नुभयो ।

पीडितलाई छानमुनि ल्याउन प्राथमिकता

भूकम्पपीडितका लागि दिनुपर्ने रकम वितरण र पुनःनिर्माणमा तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको परामर्श समिति र निर्देशक समितिको पछिल्लो बैठकलाई प्रभावकारी काम गर्ने निर्देशन दिइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

“सबैभन्दा पहिला वृद्ध, अशक्त, बालबालिकालाई छानमुनि ल्याउनुस्, मन्दिरको पुनःनिर्माण एक वर्षपछि गरेर पनि त्यसको प्राण प्रतिष्ठा ल्याउन सकिन्छ तर मान्छेको ज्यान गएमा फर्काउन सकिन्न, पहिला जनतालाई प्राथमिकता दिन निर्देशन दिएको छु” – प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उहाँले प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दिगो विकासका लक्ष्यलाई प्राथमिकता, राष्ट्रिय गौरवका आयोजना निर्माण, पूर्व–पश्चिम रेल निर्माण, ऊर्जा विकास र जनप्रतिनिधिसँगका समस्या सम्बोधन गर्न आवश्यक निर्णय गरिएकाले नयाँ संरचनालाई धान्न संगठनात्मक र भौतिक संरचना निर्माणमा पनि प्राथमिकता दिने जनाउनुभयो । रासस

सम्बन्धित समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित
अमेरिका समाचार

युवा साहित्यकार तुलसी आचार्यको “स्वप्नभूमि” बिमोचित

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती  शुक्रवार
Breaking News

स्यानफ्रान्सिस्कोमा चर्चित ‘दि एक्स ब्यान्ड’को प्रस्तुती शुक्रवार

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Slider

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक
Slider

अमेरिकामा नेपालीहरुको आफ्नै सहकारी बैंक

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप
Breaking News

नेपाली दुतावासको कन्सुलर सेवा शिविर एक दिन थप

महजोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा
Slider

“मह”जोडीको कार्यक्रमको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न द्वारिकादेवी ठकुरानीको योगदान महत्वपूर्ण छ : नेता लेखक

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री नासुसनद्वारा चन्द्रागिरि भ्रमण

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सत्तारुढ गठबन्धनमा अहिले नै खटपट देखिएको नेता नेपालको दावी

सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रम सकारात्मक छ : बाबुराम भट्टराई

म राष्ट्रपतिका लागि रोई कराइ गर्दिन : डा.बाबुराम भट्टराई

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.