सुदर्शन नेपाल
अमेरिका अप्रिल ३ । कोभिड -१९ (कोरोना भाइरस ) को महामारीले अमेरिका लगायत विश्वलाई चरम आर्थिक मन्दी तर्फ धकेल्ने पूर्वानुमानहरू सार्वजनिक भइरहेका छन् । यसको असर रियल स्टेट अर्थात घरजग्गा व्यवसायमा पनि नपर्ने कुरै भएन । संसारकै महँगो मानिएको क्यालिफोर्नियाको सानफ्रान्सिस्को, सिलिकन भ्याली र बे एरिया आसपासको घरजग्गाको व्यापारमा गिरावट आउने प्रक्षेपण कतिपय स्थानीय सन्चार माध्यमहरूले गरिरहेका छन् ।
सानफ्रानसिस्को वे एरियाबाट प्रकाशित हुने मर्करी न्यूज, इष्ट बे टाइम्स, एबीसी ७ लगायतका मिडियाले कोरोना प्रकोपका कारण घरजग्गाको कारोबारमा मन्दी आउने विषयसँग सम्बन्धित विश्लेषण र समाचारलाई प्राथमिकतामा राखेर प्रकाशित गरिरहेका छन् । क्यालिफोर्नियामा मार्च महिनाको तेस्रो हप्तामा ’स्टे एट होम’ (घरमा बस्न) गभर्नर गेभिन न्यूसमले आदेश दिए पश्चात घर जग्गा किनबेचमा गिरावट आएको मर्करी न्यूजले उल्लेख गरेको छ । कोभिड -१९ को संक्रमणबाट जोगिन ’सोसियल डिस्ट्यान्स’ कायम गरि सतर्कता अपनाउनु पर्ने हुँदा घरजग्गा कारोबारका लागि अनिवार्य मानिने ओपन हाउस, र अरु संझौताका कामहरू देशभर नै प्रभावित बनेका हुन् ।
यो महामारीबाट अमेरिकामा संक्रमित हुने र ज्यान गुमाउनेको संख्या प्रतिदिन बढिरहेको छ । जसका कारण सयौँ कम्पनीहरू बन्द हुने अवस्थामा पुगेका छन् । यहि अवस्था केहि महिना कायम रहे त्यसको असर अमेरिकाको अर्थतन्त्रमा उल्लेख्य मात्रामा पर्ने र सो अवस्था सन् १९३१ को गहिरो आर्थिक सङ्कटको स्थितिमा पुग्न सक्ने अनुमान पनि गर्न थालिएको छ । घरजग्गाको कारोबार र मूल्यमा ५० प्रतिशत गिरावट आउनसक्ने पूर्व अनुमान भइरहेका छन् ।
वे एरियामा ’रियल स्टेट’ व्यवसायमा नेपालीहरू माझ ख्याति कमाएका युवा व्यवसायी एवं सेक्युरिटी प्यासिफिक रियल स्टेट कम्पनीका टप प्रोड्युसर अनिल अर्याल तत्कालको अवस्था हेरेर अमेरिकी अर्थतन्त्रको गतिबिधि आकंलन गर्न हतार हुने बताउँछन् । भन्छन् “यो निश्चय नै भयावहको स्थिति हो तर हामी यति बेला मानवीय सङ्कटको स्थितिमा छौ ।” अर्याल कोभिड १९को महामारीबाट आफू र आफ्नो परिवार सुरक्षित रहन आग्रह गर्दै भन्छन् “यति बेला स्वास्थ्य सुरक्षा प्रमुख चासो हो।”
घर जग्गा किनबेच वा रेन्टल सम्बन्धमा फोनबाट पनि आवश्यक जानकारी दिदैँ अर्याल भन्छन् “बैकं एवं ऋण प्रदायक कम्पनीहरूले हालको स्थितिलाई ध्यानमा राखेर बिभिन्न खालका प्याकेजहरू ल्याएका छन् । जस अन्तर्गत घरको मोर्गेज वा अपार्टमेन्टको रेन्ट केही महिनाको लागी होल्ड गर्न सकिन्छ ।”
अर्यालका अनुसार आर्थिक कठिनाइमा परेकाहरूले पेमेन्ट केहि महिना पर धकेल्न सक्छन् । तर बैकं वा ऋण प्रदायक कम्पनीहरूले ल्याएको प्लानमा पैसा तिर्न नपर्ने भन्ने होइन । पछिल्ला दुई तिन वर्षमा नै अर्यालले वे एरिया र आसपासमा चारसय भन्दा बढि नेपालीलाई घरजग्गाको चाँजोपाजो मिलाई दिएका छन् । अहिले पनि दजनौ नेपाली अर्याल मार्फत घरजग्गा खरिदका लागि प्रतिक्षारत छन् । कोभिड (१९ पछिको स्थिति हालको जस्तो नहुने उल्लेख गर्दै अर्याल भन्छन् “यदि घरजग्गा किनबेच गर्नु छ भने केही समय हतार नगर्दा राम्रो हुन्छ ।”
घर जग्गा प्रदायक कम्पनी ’जिलो’का अनुसार गत जनवरी र फेब्रुअरी महिनाको कारोबारमा वे एरियाको स्यान माटियो काउन्टीमा २.७५ ,स्यान्टाक्लारामा २.६५ र आलामिडा एवं कोन्ट्राकोस्टा काउन्ट्रीमा गत बर्षको तुलनामा १ प्रतिशतले कमि आएको थियो ।
क्यालिफोर्नियामा रियल स्टेट, रेन्टल र लिजिङ गरि झण्डै ४ सय ४५ विलियन डलर बरावरको कारोवार हुने गर्छ
प्रतिक्रिया लेख्नुहोस्:-