काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा केपी ओलीको पार्टी भुइँमा पछारिएको दावी गरेका
अध्यक्ष नेपालले आइतबार कञ्चनपुरमा भएको कार्यक्रममा यस्तो आरोप लगाएका हुन् । सुदूरपश्चिममा आफ्नो पार्टी एक नम्बर बनेको दाबी गर्दै उनले भने, ‘समाजवादी पार्टी यहाँ एक नम्बरमा, माओवादी दोस्रो, कांग्रेस तेस्रो र केपी ओलीको पार्टी भुइँमा पछारिएको छ ।’
‘हाम्रो पार्टी यहाँ ठूलो पार्टी हो, त्यसैले हाम्रो दाबी हो । नभए पनि केही छैन, सत्ताका लागि हामी मरिहत्ते गर्दैनौँ,’ उनले भने,’ ‘पद भएन भने पनि केही छैन, तर ठूलो पार्टीको दाबी हुने नै भयो, भएन भने पनि केही नमान्नुहोला ।’
प्रतिक्रिया लेख्नुहोस्:-