काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व बढाउन अनौपचारिक च्यानलबाट आउने सामानमा कडाई गर्नु अपरिहार्य रहेको बताएका छन् ।
मन्त्री महतले सोमबार मन्त्रालयमा भएको राजस्व चुहावट नियन्त्रण समितिको बैंठकलाई सम्बोधन गर्दै सुरक्षा निकायले सहयोग गर्नुपर्ने बताएका हुन् ।
“कतिपय सामान औपचारिक च्यानलमा आएका छैनन् । त्यो सत्य कुरा हो धेरै सामान अनौपचारिक च्यानलबाट आएका छन् । भन्सारको छेउबाट सामान पास भइरहेको सूचना आइरहेका छन्,” उनले भने, “सुरक्षा निकाय र अर्थमन्त्रालयको भन्सार निकायको उच्चतम सहमति हुनुपर्यो । फलानोको अन्डरमा म किन बस्ने म आफै गर्छु भनेर सुरक्षा निकायले भन्न भएन ।”
प्रतिक्रिया लेख्नुहोस्:-