काठमाडौं । पार्टी अध्यक्षले निर्देशन दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन्।
शर्माले बुधबार प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाएका हुन्। केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशहरुमा पनि नयाँ समीकरण बनेको हो ।
प्रदेश प्रमुखको कार्यालय जानुअघि उनले प्रदेशसभालाई सम्बोधन गर्दै पछिल्लो राजनीतिक परिस्थितिमा पदमा रहिरहन उपयुक्त नरहेको भन्दै राजीनामा घोषणा गरेका थिए।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता उनी २०७९ पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-