काठमाडौं । नेपाली कांग्रेसको आज बसेको बैठकले उप निर्वाचनमा उमेदवार टुंगो लगाउन नसकेपछि भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ ।
यसअघि मंगलबार पनि उमेदवार छान्न बैठक बसेको थियो । तर, हिजो पनि सहमति हुन सकेन । बरु नेताहरूबीच ुनोकझोकुकै स्थिति सिर्जना भएको थियो ।
कांग्रेसमा इलाम–२ को उमेदवारको विषयमा विवाद छ । पार्टी सभापति देउवाले डम्बर खड्कालाई उमेदवार बनाउनुपर्ने अडान लिइरहेका छन् । तर, संस्थापन इतर पक्ष भेषराज आचार्यको पक्षमा छ ।
प्रतिक्रिया लेख्नुहोस्:-