काठमाडौं । गैरकानुनी रुपमा सञ्चालन गरेको ठहर गर्दै तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउने पत्र बुझ्न अस्वीकार गरेपछि पशुपति क्षेत्र विकास कोषले बतासको नाममा सार्वजनिक सूचना निकालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेको हो।
अहिलेसम्म पत्र लिन नमानेपछि कोषको सञ्चालक परिषद्ले यस विषयमा सार्वजनिक सूचना जारी गरेको छ।
पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सम्झौताबमोजिमका सर्त पालना नगरेको भन्दै होटल सञ्चालनका लागि गरिएको करार सम्झौता रद्द गरेको हो।
कोषले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘कोषको च.नंं १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भंगबारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ईमेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको बेहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ।’
प्रतिक्रिया लेख्नुहोस्:-