काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा गठबन्धनका उम्मेदवारहरूको पक्षमा परिचालित हुन नेतारकार्यकर्तालाई अपील गरेका छन्।
मंगलबार माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरले संयुक्त हस्ताक्षर गर्दै यस्तो अपिल गरेका हुन्।
प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि गठबन्धन दलका तर्फबाट तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन–२ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा–२ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवका पक्षमा प्रचार–प्रसारमा सक्रिय हुन उनीहरूले साझा अपिल गरेका हुन्।
प्रतिक्रिया लेख्नुहोस्:-