काठमाडौं । सिक्टा सिँचाइमा पूर्वमन्त्री विक्रम पाण्डेसहितलाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
अख्तियारले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजना अलपत्र पारेको भन्दै परेको रिटमा विशेषको फैसला चित्त नबुझेकाले मंगलबार सर्वोच्चमा पुनरावेदन गरेको हो ।
१३ अर्ब लागतमा निर्माण भएको सिक्टा सिँचाइको नहर परीक्षणका लागि पानी छाड्दा भत्किएको थियो । सिक्टा सिँचाइ आयोजना निर्माणको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख रहेका पूर्वमन्त्री पाण्डेलगायतलाई प्रतिवादी बनाउँदै अख्तियारले मुद्दा दायर गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-