काठमाडौं । अबदेखि मन्त्रीहरुले आफूले गरेको काम सम्बन्धमा प्रत्येक दिन दिन प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा यस्तो बताएका हुन् ।
उनले यसो गर्दा मन्त्री र कर्मचारीहरूलाई काम गर्न जागरुक बनाउने बताए । प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरूपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरूले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए । उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रूपमा प्रयास गर्नुपर्ने बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-